दक्षिण भारतिय फिल्मका सुपरस्टार अभिनेता विजय देवरकोंडा बलिउड डेब्युको तयारीमा छन्। फिल्म ‘फाइटर’बाट उनले बलिउडमा डेब्यु गर्न लागेका छन्, जुन फिल्मलाई पुरी जगन्नाथले निर्देशन गर्नेछन्।
फिल्मको लागि विजय मुम्बाई आइसकेका छन्। आफ्नो बलिउडमा डेब्यु फिल्म भएकाले विजय कडा मेहनत गरिरहेका छन्।
निर्माण पक्षले विजयको जोडीको रुपमा नायिका पक्का गर्न सकेको थिएन। फिल्मको नायिकाको लागि जान्वी कपुर र आनन्या पाण्डेको नाम अगाडि आइरहेको थियो। तर, को हुने भन्ने पक्का भएको थिएन।
अब भने फिल्ममा विजयको जोडी बन्नको लागि निर्माण पक्षले आनन्यालाई पक्का गरेको छ। फिल्मको पर्दामा विजय र आनन्याको जोडीलाई दर्शकले देख्न पाउनेछन्।
आनन्या पछिल्लो समय चर्चामा रहेकी नायिका हुन्। डेब्यु फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’ र ‘पति पत्नी और वो’बाट उनले निकै तारिफ पाएकी छिन्। उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ।