फिल्म ‘कबड्डी’बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी नायिका रेश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन्। शुक्रबार पोखरामा उनले प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन्।
उनको बिबाहमा फिल्म क्षेत्रा व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको थिएन। नजिकका परिवारको उपस्थितीमा उनले आफ्नो बिबाह गरेकी थिइन्।
पछिल्लो समय रेश्मा फिल्म क्षेत्रबाट केही टाढा छिन्। उनले विभिन्न मिडियामा आफूलाई फिल्म क्षेत्रमा खासै उत्साह नभएको बताउँदै आएकी थिइन। बिबाहपछि उनी फिल्ममा देखिनेछिन् वा छैनन् धेरैको चासो बनेको छ।
डेब्यु फिल्म ‘कबड्डी’बाट नायिका रेश्मा गुरुङले निकै तारिफ पाइन्। यसै फिल्ममा उनले विभिन्न अवार्डहरु पनि उचाल्न सफल भइन्। फिल्ममा उनले निर्वाह गरेको ‘मैया’ क्यारेक्टर निकै हिट थियो।
कबड्डीको दोस्रो सिरिजमा पनि देखिएकी रेश्मा तेस्रो भागमा भने अथिती भूमिकामा मात्र देखिइन्। उनले ‘झुम्की’मा पनि अभिनय गरेकी छिन्।