फिल्म ‘सेन्टी भाइरस’को नयाँ गीत सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतमा प्रमोद खरेल र विद्या तिवारीले स्वर दिएका छन्। सुशान्त गौतमको संगीत रहेको गीतमा हर्क साउदको शब्द छ।
गीतको भिडियोमा फिल्मका कुख्य कलाकार कुन्जना घिमिरे, विल्सनबिक्रम राई, सन्दीप क्षेत्री, पुष्प आचार्य, मधुसुदन पाठक, एलिशा राई लगायतलाई फिचर गरिएको छ। भिडियोमा दुई पार्टी बीच भएको द्वन्द्वलाई देखाइएको छ।
निर्माणाधिन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा खिचिएको गीतको भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका छन्। एलिस राई भिडियोका करियोग्राफर हुन्।
फागुन ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई रामबाबु गुरुङको निर्देशन गरेका छन्। फिल्ममा सिताराम कट्टेल, दयाहाङ राई, वुद्धि तामाङ लगायतको पनि मुख्य भूमिका रहेको छ। धुर्मुस-सुन्तलीको निर्माणमा तयार भएको फिल्ममा डिन्डु लामाको लगानी छ।