फागुन १६ गतेबाट रिलिज हुने फिल्म ‘धुलो’ ट्रेलर सार्वजनिक भएको छ। मंगलबार एक कार्यक्राको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा ठेलागाडा चालकको दुःखलाई देखाइएको छ।
प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा फिल्मले राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मज्दुरको वास्तवीक जीवनशैली, सपना, संघर्ष र अहिलेको अवस्थालाई चित्रण गरेको छ। निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको बताए। लामो लामो समयको संचार र फिल्मकर्मको अनुभवले ‘धुलो’ बनाएको सुनाए।
फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्की लगायतको मुख्य भूमिका रहेको छ। फिल्ममा नीर शाह, सुशिल पोखरेल, लक्ष्मी बर्देवालाई बिशेष भूमिकामा प्रस्तुत गरिएको छ।
दीपा धरेलको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन्। रविन आचार्यले खिचेको ‘धुलो’लाई अर्जुन जिसीले सम्पादन गरेका छन्। शंकर थापा र जुगल डंगोलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ।