शुक्रबारदेखि फिल्म ‘आमा’ रिलिज हुदैँछ। दीपेन्द्र के खनाल निर्देशित यस फिल्मलाई प्रतिक्षित फिल्मको रुरुपमा हेरिएको छ। मल्टिप्लेक्स हलहरुले पनि फिल्मलाई राम्रो शो दिएको छ। मल्टिप्लेक्स हलको बुकिङ सुरु पनि भइसकेको छ।
यस्तैमा, फिल्म ‘आमा’को निर्माणपक्षले नयाँ अफर ल्याएको छ। निर्माणपक्षका अनुसार काठमाडौंका केही फिल्म घरमा आफ्नो आमासँग फिल्म हेर्न पुग्दा निःशुल्क फिल्म हेर्न पाइने भएको छ।
जय नेपाल हलमा ११:४५ को शो, क्यूज हलमा १०:४५ को शो, कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका छन्।
उनले भने–‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं।’ हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनको तर्क छ।
शर्मिला पाण्डेले निर्माण गरेको यस फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ।