फिल्म ‘परदेशी २’को शुभ मुर्हूत सम्पन्न भएको छ। शिवरात्रीको अवसर पारेर फिल्मको शुभ मुर्हूत गरिएको हो। शुभ मुर्हूत गरेसँगै शुक्ररबारबाट नै फिल्मको छायांकन पनि सुरु भएको छ।
फिल्ममा लोक गायकको रुपमा ख्याती कमाएका गायक प्रकाश सपुतले मुख्य भूमिका निर्वाह गर्दैछन्। प्रकाशको यो डेब्यु फिल्म हो। प्रकाशको जोडी बन्नको लागि नायिका वर्षा सिवाकोटी तयार छिन्।
प्रकाशले फिल्म शुम मुर्हूत भएको कुरा सामाजिक संजालमा सार्वजनिक गरेका छन्। त्यहाँ उनले आफ्नो सानै उमेरदेखि देखेको सपना पूरा भएकाले अब आफूसँग कुनै सपना नरहेको समेत उनले लेखेका छन्।
नारायण रायमाझीको निर्देशनमा बन्न लागेको विदेश पढ्न गएका विद्यार्थीहरुको दुःख र त्यहाँको संघर्षलाई बोल्ने छ। दुई महिनासम्म छायांकन हुने फिल्मले आगमी दशैंलाई रिलिज लक्ष्य बनाएको छ।