गायक जेपी नेम्बाङ र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ सालैजो गीत सार्वजनिक भएको छ। शुक्रबार गायक नेम्बाङ कै युट्युब च्यानलबाट रिलिज गरिएको ‘माया जोख्ने के होला’ बोलको गीतमा शशी गुरुङ बाङ्देलको शब्द संगीत रहेको छ।
उमेश गुरुङको निर्देशनमा तयार भएको भिडियोमा निरञ्जली लामा, आनन्द गुरुङ, श्याम राई, रमिला गुरुङ, दीपा सुहाङ राई र एकान्त लिम्बुलाई फिचर गरिएको छ। रोधी बसेर गीत गाउँदा माया परिती बसेको कुरालाई भिडियोमा प्रस्तुत गरिएको छ।
भिडियोको करियोग्राफर निर्देशक गुरुङ आफैँ हुन्। आर्यन मगर सह-निर्देशकको रुपमा रहेको भिडियोलाई मधुर बस्नेत र धन खालिङले खिचेका हुन्। भिडियो सम्पादनको जिम्मा भने सुजन शाहीले पाएका छन्।