गत शुक्रबारबाट दुई नेपाली फिल्म रिलिज भएका छन्, ‘आमा’ र ‘सेन्टी भाइरस’।
दुबै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेका छन्। शुक्रबार सिंगल थिएटरमा फिल्म ‘सेन्टी भइरस’को कमाई आक्रमक थियो। मल्टिप्लेक्स हलमा ‘आमा’ले दर्शकको उत्साहजनक साथ पाएको छ।
निर्माण पक्षले दिएको जनकारी अनुसार सेन्टी भाइरसले पहिलो दिन नै १ करोड १२ लाखको कमाई गरेको थियो। शनिबार पनि फिल्मले १ करोड ३५ लाखको व्यापार गरेको छ। त्यसैले रिलिजको दुई दिनमा नै फिल्मले २ करोड ३७ लाख कमाएको छ।
त्यस्तै आमाको कमाई पनि उच्च नै छ। फिल्मले रिलिजको दुई दिनमा झण्डै १ करोड हाराहारीमा व्यापार गर्न सफल भएको छ। तर, निर्माण पक्षले एकिन व्यापार भने सार्वजनिक गरेको छैन्।
दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म आमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरसता गिरी, आशान्त शर्मा लगायतको अभिनय रहेको छ। फिल्ममा शर्मिला पाण्डेले लगानी गरेकी छिन्।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म सेन्टी भाइरसलाई धुर्मुस सुन्तलीले बनाएका हुन्। चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई लगायतको अभिनय छ।