बलिउडको प्रतिक्षित फिल्म हो, ‘राधे’। सलमान खान स्टारर यस फिल्मको होलीको दिन टिजर सार्वजनिक हुदैँछ।
सलमानले आफ्नो यस फिल्मको प्रचार-प्रसारको लागि नयाँ तरिका अपनाएका छन्। उनले अर्का नायक अक्षय कुमारको सहयोग लिएका छन्। अक्षय कुमार स्टारर फिल्म ‘सुर्यवंशी’सँग मिलेर सलमानले फिल्मको प्रचार प्रसार गर्ने भएका छन्।
अक्षय स्टारर ‘सुर्यवंशी’ मार्च २४ तारिखमा रिलिज हुदैँछ। सुर्यवंशीमा फिल्म राधेको टिजर जोडेर हलमा रिलिज गर्न लागिएको छ। सुर्यवंशी रिलिज हुने सम्पूर्ण हलहरुमा फिल्म ‘राधे’को टिजर बज्नेछ।
सलमानले सुर्यवंशी निर्देशक रोहित सेट्ठीसँग सहकार्य गरेर नै यस्तो अभ्यास गरेका हुन्। अक्षय कुमारले पनि सलमान खानको फिल्मको टिजर आफ्नो फिल्मसँग जोडेर बजाउन पाएकोमा खुसी व्यक्त गरेका छन्।
राधेमा सलमानसँगै दीशा पटनी, रणदीप हुड्डाको मुख्य भूमिका रहेको छ। सुर्यवंशीमा अक्षय कुमारले कट्रिना कैफसँग जोडी बाँधेका छन् भने अजय देवगण र रणवीर सिंहलाई पनि फिल्ममा देख्न पाइने छ।