अक्षय कुमार स्टारर फिल्म ‘सुर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको ट्रेलरलाई निकै मसलेदार बनाइएको छ।
४ मिनेट लामो ट्रेलरमा अक्षय कुमारसँगै अजय देवगण र रणवीर सिंहलाई पनि ट्रेलरमा स्थान दिइएको छ। फिल्मकी नायिका कट्रिना कैफलाई पनि ट्रेलरमा देखाइएको छ। ट्रेलरमा एक्सन, कमेडी तथा पारिवारिक पीडाको कुरालाई पनि स्थान दिइएको छ।
रोहित सेट्टीको निर्देशनमा तयार भएको यो फिल्मले एक प्रहरी अफिसरको कथालाई प्रस्तुत गरेको छ। फिल्मले मार्च २४ लाई रिलिज मिति पक्का गरेको छ।
‘रिलायन्स इन्टरटेन्टमेन्ट’, ‘रोहित सेट्टी पिक्चर्स’ले निर्माण गरेको फिल्ममा ‘धर्मा प्रोडक्सन’ र ‘क्याप अफ गुड फिल्मस्’ले पनि निर्माणमा सहकार्य गरेका छन्।