नायक सलमान खान निकै महंगो हिरोमा गनिन्छन्। हरेक चलचित्रमा उनले लिने पारिश्रमिक उच्च नै हुन्छ। उनी चलचित्रमा मात्र होइन, विज्ञापनबाट पनि गतिलो पैसा असुल्छन्।
सलमानले हालै एक मोवाइलको विज्ञापनमा काम गरेका छन्। यस विज्ञापनमा काम गर्नको लागि उनले ३५ करोड लिएका छन्। उनले एक दिन छायांकन गरेबापत ७ करोड रुपैयाँ परिश्रमिक लिएका छन्। छायांकन ५ दिन चलेकाले उनले जम्मा ३५ करोड हात पारेका हुन्।
सलमान आफैँमा व्राण्ड नाम हो। सलमानलाई राखे राम्रै विज्ञापन हुने सोचेर उक्तत मोवाइल कम्पनीले महंगो पारिश्रमिक बुझाएको हो। मोवाइल छिट्टै बजारमा आउने तयारीमा छन्।