टाइगर श्राफ स्टारर बलिउड फिल्म ‘बाघी ३’ रिलिज भइसकेको छ। शुक्रबार रिलिज भएको यस फिल्म समीक्षात्मक रुपमा राम्रो बनेको छ। फिल्म व्यापारिक रुपमा पनि निकै राम्रो देखिएको छ। फिल्मले रिलिजको पहिलो दिन नै १७ करोड ५० लाखको व्यापार गरेको छ।
विशेषगरी फिल्ममा अभिनेता टाइगर श्राफको एक्सनलाई धेरैले रुचाएका छन्। अकल्पनिय एक्सन दृष्यहरु टाइगरले गरेको भन्दै धेरैले उनको तारिफ गरेका छन्। बाघी ३ बाट बलिउड फिल्म एक्सनमा एक फड्को मार्न सफल भएको धेरैको भनाई छ।
टाइगरले यस फिल्मको लागि निकै मेहनत गरेका थिए। शरीर बनाउने देखि फाइट सिक्नेसम्म उनको पूर्व तयारी थियो।
फिल्मकी नायिका श्रद्धा कपुर भने टाइगरको छायाँमा परेकी छिन्। टाइगरको अगाडि उनको कुनै चर्चा सुनिएको छैन।
फिल्म ‘बाघी ३’ लाई अम्हेद खानले निर्देशन गरेका छन्। फिल्ममा सजिद नाडिअडवालाको लगानी छ।