फागुणको ९ गतेबाट रिलिज भएको फिल्म ‘आमा’ चौथो सातामा प्रवेश गरेको छ। फिल्मले बक्स अफिसमा पनि निकै राम्रो कमाई गरिरहेको छ।
निर्माणपक्षले शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै चौथो सातासम्म आइपुग्दा फिल्मले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भइसकेको बताएका छन्।
निर्देशक दिपेन्द्र के खनाल र निर्मात्री शर्मिला पाण्डेले जारी गरेको विज्ञप्तीमा लेखिएको छ- ‘चौथो सातासम्म आइपुग्दा फिल्मले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भैसकेको छ। फिल्मलाई देश तथा विदेशबाट प्राप्त भएको स्नेह र मायाको लागि सम्पूर्ण दर्शक, प्रदर्शक, वितरक, पत्रकार तथा समिक्षकहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ।’
कोरोनाको त्रास फैलिरहेको अवस्थामा पनि हलसम्म पुगेर फिल्म हेरिदिने दर्शकले निर्माण पक्षले विशेष आभार प्रकट गरेको छ।
मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई दर्शकले निकै रुचाएका छन्।