केही बर्षदेखी भारतीय नृत्य प्रतियोगीतामा नेपाली यूवा यूवतीहरुको सहभागीता ह्वात्तै बढेको छ । तेरिया मगर, सोम्या राई, कपिल थापा यसका केही प्रतिनिधि उदाहरण हुन्। त्यही क्रममा अहिले भारतीय टिभी च्यानल स्टार प्सलबाट प्रशारण हुँदै आएको नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस सिजन–२’ मा नेपालबाट द वाइल्ड रिपर्च क्रिउ नामको एक सामुहिक रुपमा नृत्य प्रस्तुत गरिरहेको छ भने २० बर्षका सुशान्त खत्री पनि उक्त प्रतियोगीताका दावेदारको रुपमा छन् ।
यो साता प्रसारित कार्यक्रममा ‘द वाइल्ड रिपर्च क्रिउ’को डान्स हेरेपछि बलीउडका चर्चिक डान्सर प्रभु देवाले निकै तारिफ गरेका छन् । उनले नेपाली यूवाहरुको समुह द वाइल्ड रिपर्च क्रिउको डान्स हेरेपछि भने -‘निकै उत्कृष्ट नृत्य । खुसी लाग्यो मैले पहिलो पटक यस्तो डान्स हेरेको हुँ । सधै यस्तो नृत्य गरिरहनु तर सावधानीसहित ।’ त्यस्तै बलीउड अभिनेता सोनु सुधले पनि ‘द वाइल्ड रिपर्च क्रिउ’ को निकै तारिफ गरेका थिए । तपाईहरुलाई याद दिलाउँ कि ‘द वाइल्ड रिपर्च क्रिउ’ लाई ‘डान्स प्लस सिजन–२’ को विजेता बनाउनका लागि १८००८३३३३४९ मा मिस कल गरेर भोट गर्न सकिनेछ ।