१ दर्जन भन्दा बढी चलचित्रमा काम गरिसकेकी नायिका महिमा अहिले मोडेलिंगमा सक्रिय रुपमा लागिपरेकी छिन् । उनले १५ वटा म्युजिक भिडियो ,एव १ दर्जन जति रेम्प शोहरु मा मोडेल को रुपमा सहभागी भैसकेकी छिन् । अधिकांश मोडेलहरु मोडेलिंग गरेपछि चलचित्रमा काम गर्न रुचाउछन् । महिमाले भने चलचित्रमा काम गरिसकेपछि मोडेलिंगलाई रोजेकी हुन् |उनी अहिले चलचित्र एव मोडेलिंग दुवैमा संगसंगै रमाइ रहेकी छिन् । उनी रेम्प शो को क्रेजी नै छिन् । उनले क्याटवाकको प्रोफेशनली तालिम पनि लिईसकेकी छिन् ।
मोडेल :महिमा सिलवाल
मोडेल स्रोत :दी रेम्प ,फेशन एव मोडेलिंग एजेन्सी
हेयर एव मेकअप :सिर्जना कार्की
फेशन स्टाइलिस्ट :जयन सुब्बा मानन्धर
डिजाइनर :सन्तोसी श्रेष्ठ
तस्बिर :कमल श्रेष्ठ