टिभी सीरियलकी ‘नागिन’ उर्फ मौनी राय चाँडै विवाह गर्दैछिन् । खबरका अनुसार, मौनी राय र मोहित रैना अर्को बर्ष विवाह गर्ने तयारीमा रहेका छन् । मौनी राय र एक्टर मोहित रैना केही महिनादेखी रिलेशनशिपमा छन् र उनीहरुको विवाहको विषयलाई लिएर उनका फ्यानहरु पनि अहिले निकै खुसी छन् । यस पटक मौनीकी निकै नजिककी साथी अदा खानले भनेकी छिन्, ‘मौनीको विवाहले म खुसी छु । म चाहन्छु कि यि दुई चाँडै विवाह गरुन ।’ मौनी राय अक्टोबरबाट प्रशारण हुन लागेको कलर्सको चर्चित सीरियल ‘नागिन’ को सीजन २ मा डबल रोल निभाउँदै गरेको देख्न सकिनेछ । मौनी राय र मोहित रैना लाइफ ओकेको सीरियल ‘देवों के देव….महादेव’ सीरियलमा एक साथ काम गरेका थिए र त्यही बेला देखी उनीहरु नजिक बनेका थिए ।