ठूल्दाई सुनचाँदी गहना पसलको निर्माणमा तयार भएको चलचित्र ‘भ्रम’ को टीजर सार्वजनिक भएको छ । ५४ सेकेण्ड छोटो टीजरमा मरेकी एक यूवती अर्थात चलचित्रकी नायिका भिन्तुना जोशीको आत्माले चलचित्रका नायक कर्मा शाक्यलाई दिएको दुख देखाउन खोजिएको छ । चलचित्रको टीजरसँगै निर्माणपक्षले रिलिज मिति पनि फाइनल गरेको छ । चलचित्रका निर्देशक रविन्द्र शाही (आर.वी.) ले दिएको जानकारी अनुसार चलचित्र ‘भ्रम’ यही बर्षको पौष २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ । कर्मा शाक्य र भिन्तुना जोशीको मुख्य भुमिका रहेको यो चलचित्रमा रक्की धासुको संगीत, गोविन्द पर्वतको कोरियोग्राफी, गौतमराज खड्काको सम्पादन र कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।