गायिका तथा फेसन डिजाइनर भिक्टोरिया बेकह्यामले आफूलाई रेड कार्पेटमा क्वाटवाक गर्न निकै असहज महसुस हुने गरेको बताएकी छिन् ।
इंग्ल्यान्डका पूर्वफुटबलर डेभिड बेकह्यामकी पत्नी भिक्टोरियाले आफूलाई रेड कार्पेटमा क्याटवाक गर्न लगाउँदा कहिले हिँडी सकिएला भनेर हुटहुटी हुने गरेको बताउँछिन् ।
‘रेड कार्पेटमा हिँड्नुपर्दा कतिवेला सकिएला भनेर छटपटी हुन्छ,’ उनी भन्छिन्, ‘मलाई कहिल्यै पनि रेड कार्पेटमा मोह जागेन । मान्छेहरू त झन् फोटो खिचाउँछन्, म त आत्तिएरै मर्छु ।’ उनले आफूले मुहार सुन्दर राख्नका लागि महँगा प्रसाधन होइन कि नरिवलको तेल लगाउने गरेको समेत खुलासा गरेकी छिन् ।