हलिउड अभिनेता आर्नोल्ड स्वाजनेगरले अमेरिकामा जन्मेको भए अमेरिकी राष्ट्रपतिको चुनावमा भिड्ने बताएका छन्।
टर्मिनेटर फेम आर्नोल्ड लगातार ८ वर्षसम्म क्यालिफोर्नियाको गभर्नर थिए। उनले भने, ‘यदि म अमेरिकामा जन्मेको हुँ त यसपटक राष्टपतिको चुनावमा उठने थिएँ। यो त्यसका लागि उपयूक्त समय थियो।’
अमेरिकामा राष्ट्रपतिको उम्मेदवार हुने चाहने व्यक्ति अमेरिकी भूमिमै जन्मेको हुनुपर्ने प्रवधान रहेको छ। आर्नोल्ड अष्ट्रियामा जन्मेका हुन्। उनले हलिउड आएपछि अमेरिकाको नागरिकता लिएका थिए।
जारी अमेरिकी चुनावमा आर्नोल्डले कुनै पनि हालतमा रिपल्किन उम्मेदवार डोनाल्ड ट्रमलाई भोट नहाल्ने बताउँदै उनको समर्थन हिलारी किल्टनलाई रहेको जनाइसकेका छन्।