सलमान खानका बडिगार्ड शेरालाई एक ब्यक्तिलाई कुटपीट गरेको आरोपमा बुधबार हिरासतमा लिइएको छ । आरोप छ कि शेरा र अन्य दुई बडिगार्डले मंगलबार राति एक पबमा एक ब्यक्तिलाई जमेर कुटपीट गरे ।
जसबाट उक्त ब्यक्तिको हाड भाचिएको छ भने उसलाई पेस्तोल देखाएर उनीहरुले धम्काएको बताइएको छ ।
पछिल्लो १८ वर्षदखि सलमानलाई सुरक्षा दिइरहेका गुरमीत सिंह उर्फ शेरालाई सलमान आफ्नो परिवारकै सदस्य सरह मान्छन् । मुम्बईमा शेरा सलमानको छिमेकमै बस्थे । पछि उनलाई बडिगार्ड बनाए । भनिन्छ कि सलमान जहाँ जान्छन्, त्यहाँ शेरा एकदिन पहिल्यै पुगेर उनको सुरक्षा ब्यवस्था ठीक पार्छन् ।
यतिमात्र होइन्, शेरा आवश्यक परेमा सलमान खानका लागि ५ किलोमिटर हिड्न नि सक्छन् । उनको आफ्नै सेक्युरिटी कम्पनी पनि छ । जसको नाम उनले आफ्ना छोरा ‘टाइगर’को नाममा राखेका छन् । यो कम्पनी बलिउड स्टारको सुरक्षा प्रबन्ध मिलाउने काम गर्छ । उनी बलिउडमा सलमानको बडिगार्ड बन्नुपूर्व हलिउड स्टारलाई सुरक्षा दिन्थे ।