अजय देवगनकी वाइफ काजोल र करन जौहर पुराना साथी हुन्, तर अहिले यि दुईको बीचमा खासै राम्रो सम्बन्ध छैन । यसको कारण हो अजय देवगनको फिल्म ‘शिवाय’ र करनको फिल्म ‘ऐ दिल है मुश्किल’को रिलिज डेट एउटै हुनु । बताइरहेको छ कि अहिले यि दुईको बीचमा राम्रो बोलचाल समेत छैन । तर अजयले भनिसकेका छन् कि काजोल र करनको बीच मनमुटाव प्रोफेशनल होइन पर्सनल रीजनको कारण भएको हो ।
एक इन्टरव्यूको दौरान अजय देवगनले बताए, ‘जब मैले शिवायको रिलिज डेट घोषणा गरेको थिएँ तब कुनै पनि फिल्मले यो मितिमा आफ्नो प्रदर्शन मिति घोषणा गरेका थिएनन् ।’
तर अब ऐ दिल है मुश्किलको कारण दर्शकहरु विभाजित हुनेछन् । अजयले भने -‘मेरो र करन जौहरको बीचमा कुनै मनमुटाव छैन, र न म कुनै झगडा गर्ने मूडमा नै छु । तर यदी झगडा गर्ने अबस्था आयो भने फेरी कसैमा यो दम छैन कि मलाई पछाडी छाडिदियोस् । म जसलाई पनि आफ्नो छोटो औंलाले सम्हाल्न सक्छु ।’
‘शिवाय’ मा लीड रोलका साथ साथै अजय देवगनले फिल्मको प्रोड्यूस र डायरेक्ट पनि गरेका हुन् ।