क्रिटिक रेटिंग : ३/५
स्टार कास्ट : अजय देवगन, सायेशा सहगल, एरिका कार, अबिगेल यम्स, वीर दास, गिरीश कर्नाड, सौरभ शुक्ला
डायरेक्टर : अजय देवगन
प्रोड्यूसर : अजय देवगन, पेन इण्डिया मूवीज
म्यूजिक : मिथुन
जनर : एक्शन थ्रिलर
कहानी
यो कहानी शिवाय (अजय देवगन) को हो, जो पर्वतारोहणका इन्स्ट्रक्टर हुन् । जब बुल्गारियामा रहँदै आएकी ओल्गा (एरिका कार) पर्वतारोहणको लागी शिवायलाई भेट्छिन् र उनीहरु विस्तारै मायामा पर्छन । त्यसपछि उनकी छोरी गौरा (अबिगेल) आउँछिन् र कहानीमा ट्विस्ट र टर्न्स आउँछ । शिवायको हिमालयसँग बुल्गारिया जानु पर्छ । अन्ततः कहानीले सही ठाउँ पाउँछ । चलचित्रको बाँकी कहानी हेर्न भने हलसम्म नै जानु राम्रो होला ।
डायरेक्शन
फिल्मको डायरेक्शन पक्ष अव्वल छ । विजुअलको हिसाबबाट हेर्ने हो भने भने निकै रिच छ । माउन्टेन्स, चेस सीक्वेन्स, रोमान्टिक सीन्स, एक्शन सिक्वेन्सका दृश्यहरुले चलचित्रलाई अझ उत्कृष्ट बनाएको छ । चलचित्र सिनेमेटोग्राफर असीम बजाजको काम तारिफ योग्य छ ।
फिल्ममा निकै राम्रो क्यामेरा वर्क छ। फिल्मको कहानी स्क्रिप्टको रुपमा संदीप श्रीवास्तवले जस्ताको त्यस्तै उतारेका छन् । तर कहानी निकै लामो देख्न सकिन्छ । इन्टरवलपछि केही दृश्यहरुमा कैची चलाएको भए चलचित्र शिवाय अझ राम्रो बन्न सक्थ्यो ।
कलाकारहरुको अभिनय
फिल्ममा अजय देवगनले एकपटक फेरी आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । त्यस्तै एक्ट्रेस सायेशा सहगल र एरिका कारको अभिनय पनि तारिफ गर्न योग्य छ । सानो बच्चीको भुमिका निर्वाह गरेकी अबिगेलले निकै राम्रो अभिनय प्रस्तुत गरेकी छिन् । गिरीश कर्नाड, वीर दास र सौरभ शुक्लाका साथै बाँकी कलाकारहरुको अभिनयमा खोट लगाउने ठाउँ छैन ।
म्यूजिक
फिल्मको म्यूजिक उत्कृष्ट बनेको छ । खास गरि ब्याकग्राउण्ड स्कोर अझ राम्रो छ । अजय देवगनको इन्ट्री भएको सिक्वेन्स, साथै केही यस्ता पलहरु पनि आउँछन् जहाँ दर्शकहरुको ताली र सिठ्ठी बज्छ ।
हेर्ने कि नहेर्ने
हलीउड फिल्मको फिल्मांकन यदी तपाईहरुलाई राम्रो लाग्छ भने र त्यसमा देशी फ्लेवरको इन्जोय गर्न चाहनुहुन्छ भने एक पटक शिवाय हेर्दा गलत नहोला । यो फिल्म तपाई पूरै परिवारको साथमा बसेर हेर्न सक्नु हुन्छ ।