नायक निखिल उप्रेती स्टारर फिल्म ‘किङ’ को टीजर रिलिज भएको छ । माघे संक्रान्तिलाई लक्षित गर्दै पौष २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘किङ’ को टीजरमा मुख्यतः एक्शनलाई प्राथमिकता दिईएको छ भने टीजरले प्रेमभाव पनि व्यक्त गर्छ । सार्वजनिक टीजरमा मुख्य कलाकार निखिलसँगै अभिनेत्री वेनिशा हमाल र अभिनेता अनुपबिक्रम शाही फिचरिङमा छन् । फिल्ममा रुपा राना, प्रज्वलसुजल गिरी र प्रस्तुतकर्ता समेत रहेका जगन श्रेष्ठको पनि मुख्य भुमिका रहेको छ ।
काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । फिल्मका नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको छ । सबिर श्रेष्ठ फिल्मका निर्देशक हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार फिल्मका निर्माता जयन श्रेष्ठ हुन् ।