सस्तो लोकप्रियता कमाएपछि चौतर्फी आलोचित बनेकी पवित्र समाज सेवा नेपालकी अध्यक्ष दिक्षा चापागाईले कञ्चन दिदीलाई उनको परिवारले माफ गरिदिनुपर्ने र श्रीमान–श्रीमतीको कुरालाई लिएर आरोप प्रत्यारोप गर्नुभन्दा पनि उनलाई गासबास कपासको व्यवस्था गरिदिनुपर्ने बताएकी छिन् ।
केही दिन अघि कान्तिपुर टेलिभिजनको‘सुमन सँग’ कार्यक्रमलाई दिएको अन्र्तवार्तापछि चौतर्फी वाहीवाही कमाएका अध्यक्ष दिक्षा एकाएक अहिले आएर चोतर्फी विवादमा मुछिएकी छिन् ।
फोहोरको थुप्रोबाट उद्धार गरिएको भन्ने उनको भनाई कपोकल्पित एवंम झुटा रहेको प्रमाणहरु फेला परेसँगै उनी आम सर्वसाधारणको कन्द्रविन्दुमा परेकी हुन ।
पीडित कञ्चन रेग्मीलाई सफा सडकपेटीबाट उद्दार गरेको कुरा उनलाई उद्दार गर्ने संचारकर्मी चन्दा थापाले सप्रमाण प्रस्तुत गरेपछि दीक्षामाथि ‘टिभीमा कञ्चनलाई झुटो बोल्न लगाएको’ आरोपप्रत्यारोप आइरहेका छन् ।
उता, अन्र्तवार्ताका क्रममा पीडित कञ्चनले वाचन गरेको कविता पनि झुठा ठहर भैंसकेको छ । भने विगतमा उनी एक जड्याहा आइमाई रहेको बताउँदै छोरासमेत डिप्रेसनको शिकार बनेको परिवारले स्पष्टिकरण दिइसकेको छ ।
दीक्षाले ‘पीडित महिलालाई मैले कहाँ सिकाउनु ! मैले किन सिकाउने ? केही सिकाएको छैन् । झुट्टा आरोप हो । एक्कासी कान्तिपुरले फोन गरेर कञ्चन शर्मालाई लिएर आउनु भनेको थियो । ल्याण्डलाइनबाट फोन गरेको थियो । म र भाई कञ्चन दिदीलाई लिएर कान्तिपुर गएका हौँ ।’ तर, सामाजिक सञ्जालमा आफूलाई समेत नानाभाँती टिप्पणी गरिएकोमा निराश लागेको उनले बताए।
उनले भनेकी छिन्–मोहन रेग्मी (कञ्चनका श्रीमान) लाई पनि सडकमा भेट्टाएको भए त्यसैगरी उद्धार गर्थे । त्यसैले, कञ्चन दिदीले भनेका कुरा उनका नितान्त व्यक्तिगत हुन् । मानवीय कर्तव्य सम्झेर मैले सहयोग गरेको हुँ । जो बेवारिसे हुन्छ, त्यसको सेवा गर्ने मेरो कर्तव्य नै हो । र, गरिहन्छु ।
कञ्चनले सामाजिक सञ्जालमा आफू आलोचित भईरहेको कुरा थाहा नभएको बताएका छन् । अहिले कञ्चन दिदीको अबस्था अहिले ठीकै छ । अझै मैले ‘कञ्चनहरु’हरुजस्ता धेरैको उद्दार गर्न बाँकी रहेको भन्दै दीक्षाले आफूलाई अनावश्यक नमुछ्न आग्रह गरेकी छिन् । -एस काठमाडौं