सीरियल बालिका वधूमा आनन्दीको भुमिका निर्वाहा गरेर चर्चामा आएकी अविका गौर अब तेलुगु फिल्म इंडस्ट्रीमा एक्टिभ छिन् र १७ नोभेम्बरमा रिलीज भएको Ekkadiki Pothavu Chinnavada मा उनी देखिएकी छिन् । रिपोर्ट्सका अनुसार यो फिल्मका लागी उनले ४० लाख पारिश्रमिक लिएकी थिइन् । खास कुरा यो छ कि फिल्मका लागी उनले लगभग १० दिन शूटिंग गर्नु परेको थियो । यो हिसाबले हेर्ने हो भने उनले यो फिल्ममा ४ लाख दैनिक पारिश्रमिक लिएर काम गरेकी थिइन् । फिल्ममा अविकाको गेस्ट रोल थियो ।
डायरेक्टर वीआई आनन्दको यो फिल्ममा निखिल र हीबा पटेल मुख्य भुमिकामा थिए । सीरियल बालिका वधूमा आनन्दी र ससुराल सिमर कामा रोलीको भुमिका निर्वाहा गरिसकेकी अविकाले 2013 मा Uyyala Jampala बाट तेलुगु फिल्ममा डेव्यू गरेकी थिइन् ।