पोखराको इभेन्ट्स फर यु इभेन्ट्स कम्पनीबाट मोडलिंग यात्रा सुरु गरेकी अनिशा पोखरामा सञ्चारकर्मी मोडलको रुपमा परिचित छिन् । काठमाडौं एवं पोखरामा सम्पन्न १५ वटा रेम्प शोमा उनी मोडलको रुपमा सहभागी भर्इ रेम्प मोडलिंगको राम्रै अनुभव बटुलेकी अनिशा शुक्रबार साप्ताहिक ,वेब म्यागजिन ,ग्लेमर नेपालको फेशन कोलम मोडलको रुपमा प्रस्तुत भैसकेकी छिन् । उनलाई मिडियाको पनि उतिकै मोह छ । ३ बर्ष जति सक्रिय रुपमा उनी रेडियो जननी एफ.एम. मा कार्यरत रहिन्र हाल उनी पोखराको गोल्डेन आइ टेलिभिजनमा स्टेसन म्यानेजरको रुपमा कार्यरत छिन र चाडै नै “टक शो” लिएर टेलिभिजन प्रस्तुत हुने तयारीमा छिन् । त्यसबाहेक अनिशा आफ्नै इभेन्ट कम्पनी नेलसन इभेन्ट्स पनि संचालन गर्दै आएकी छिन् । गएको बर्ष यस कम्पनीले सफलतापुर्वक “फेशन यात्रा” र यस बर्ष “ग्लेम फेशन “नामक फेशन शोहरु प्रस्तुत गरिसकेको छ ्र हाल उनी यसै महिना हुने फेशन शो तयारीमा ब्यस्त छिन् ।
मोडल स्रोत : दी रेम्प फेशन एव मोडलिंग एजेन्सी
मेकअप एव हेयर : सिर्जना कार्की
फेशन स्टाइलिस्ट : जयन सुब्बा मानन्धर
आउटफिट : सन्तोषी श्रेष्ठ
तस्बिर : कमल श्रेष्ठ