चलचित्र चल्न गीतको पनि महत्वपूर्ण भुमिका हुन्छ । गीतले बजार राम्रै पिट्यो भने निर्माण पक्षले पव्लिसिटीमा खासै दुख गर्नु पर्दैन । त्यसको गतिलो उदारहण नेपालमा गएको महाभूकम्पका बेला प्रदर्शनमा आएको चलचित्र ‘रेशम फिलिली’ लाई नै हेर्न सकिन्छ । ‘जालमा’ बोलको गीतले बजारमा धुम मच्चाएपछि निर्माणपक्षले पव्लिसिटीमा खासै दुख गरेन । भूकम्पका कारण चलचित्रको व्यापार खासै सुखद नदेखिएपनि ‘रेशम फिलिली’ ले लगानी भने उठाएको थियो ।
यस्तै अहिले एक चलचित्र प्रदर्शन भइरहेको छ ‘पुरानो डुङ्गा’, जसको ‘नीर जैले रिसाउने’ बोलको गीतले अहिले नेपाली बजारमा अधुम नै मच्चाइरहेको छ । चिया पसलदेखी सार्वजनिक यातायातसम्ममा अहिले यही गीत मात्र सुन्न पाइन्छ । अझ मोफसलमा त साँस्कृतिक कार्यक्रमहरुमा यो गीत सर्वाधिक बज्ने गर्छ । स्वतः हो गीतले बजार पिटेपछि दर्शकहरु कस्तो रहेछ भनेर चलचित्र हेर्न हलसम्म जाने गर्छन । यस्तै देखिएको छ चलचित्र ‘पुरानो डुङ्गा’ को विजनेशमा पनि । अहिले यो चलचित्रले नेपाली हलहरुमा उल्लेख्य संख्यामा दर्शकहरु भित्राइरहेको छ । शुक्रबार र शनिबार त सिंगल हलहरुमा दर्शकहरुले सिट नपाएर उभिएर समेत हेरेका थिए भने मल्टिप्लेक्सहरुमा पनि त्यस्तै अबस्था थियो । निर्माणपक्षले दिएको जानकारी अनुसार चलचित्र ‘पुरानो डुङ्गा’ ले काठमाण्डौका पर्दाबाट २ दिनमा १ करोड ग्रस कलेक्शन र मोफसलबाट २ दिनमा ५० लाखको व्यापार गरिसकेको छ । चलचित्रका निर्माता मणिराम पोखरेलले चलचित्रको व्यापार डेढ करोडको हारहारीमा भएको जानकारी दिएका छन् ।
चलचित्रको गीतले गर्दा पनि अहिले यसको व्यापारमा धेरै सहयोग मिलेको छ । दर्शकहरुबाट मिश्रित प्रतिक्रिया पाएको पुरानो डुङ्गामा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रौनक विक्रम कँडेल, ओम चन्द्र रौनियार र धन बहादुर गुरुङले निर्माण गरेका हुन भने कार्यकारी निर्माता बाल्मिकी पोख्रेल र अर्जुन कार्की हुन् । चलचित्रलाई रामबाबु गुरुङ्गले निर्देशन गरेका हुन् ।