बाग्लुंगमा जन्मिएका योगराज पाण्डे मोडलिंगको क्षेत्रमा परिचित नाम हो । १ दर्जन म्युजिक भिडियो, १५ वटा रेम्प शो, ५ वटा स्टेज ड्रामा एवं १ दर्जन शर्ट मुभी काम गरिसकेका उनले मोडलिंगमा राम्रै अनुभव बटुलिसकेका छन् । धेरै म्युजिक भिडियोमा काम गरेपनि दिपक लिम्बु, राजेश पायल एवं प्रमोद खरेलको म्युजिक भिडियोमा काम गर्दा आफुलाई बढी आत्मसन्तुष्टि मिलेको बताउने उनको भविष्य लक्ष्य भनेको एक सफल मोडल एवं कलाकार बन्नु हो । स्नातोकोतर गरेका योगराजले ओस्कार इन्टरनेसनल कलेजबाट अभिनयमा ग्रेजुयेशन पनि गरिसकेका छन् । मोडलिंग र अभिनयलाई निरन्तरता दिईरहेका योगले मोडेलिंग ,एक्टिंग, डान्स सबैको प्रोफेशनल ट्रेनिंग पनि लिएका छन् त्यसैले यस क्षेत्रमा काम गर्न पनि सहज भएको छ ।
मोडल स्रोत : दी रेम्प फेशन एव मोडलिंग एजेन्सी
मेकअप एव हेयर : सिर्जना कार्की
फेशन स्टाइलिस्ट : जयन सुब्बा मानन्धर
आउटफिट : सन्तोषी श्रेष्ठ
तस्बिर : कमल श्रेष्ठ