चर्चित नेपाली तथा बलीउड गायक उदित नारायण झा हिजो बिहिबारबाट ६१ बर्षमा लागेका छन् । सयौं नेपाली र हिन्दी गीतहरुमा आफ्नो आवाज भरेका उदित नारायणको जन्म २०१२ मंसीर १६ गते नेपालको सप्तरी जिल्लामा भएको थियो । उनले आफ्नो पहिलो हिन्दी गीत मुकेशसँग गाएका थिए । उनलाई तीन देशीय पुरस्कार तथा पाँच फिल्म फेयर पुरस्कार मिलिसकेको छ । सन् २००९ मा भारत सरकारले उनलाई पद्म श्री पुरस्कारबाट पनि सम्मानित गरेको थियो । उदित नारायण एक प्रख्यात गायकको रुपमा चिन्ने गरिन्छ नेपालमा र भारतमा । नेपाली फिल्ममा उनले सयौं हिट गीतहरु गाएका छन् । उनले नेपाली फिल्मका गीतहरुमा दिएको आवाजलाई दर्शकहरु अझै पनि उतिक्कै माया गर्छन । नेपाली फिल्मका गीतहरुमा आवाज भर्दै गर्दा उनी भारत हानिएका थिए । नेपाली फिल्मका गीतहरुबाट आफ्नो करियरको सुरुवात गरेका उदीत नारयण झा अहिले सपरिवारसहित भारत बस्न थालेको लामो समय भइसकेको छ । तर अझै पनि उनी नेपाली गीतहरु भने गाइरहेका छन् । अहिले उनको आवाजमा गीत रेकर्ड गराउन भने नेपाली निर्माताहरु मुम्बई नै पुग्नु पर्छ ।
गएको असोज २१ गते प्रदर्शनमा आएको आएको फिल्म ‘किस्मत २’ मा उदीत नारायणले आवाज दिएको ‘उनी आकाशबाट झरेकी अप्सरा’ बोलको गीत अहिले निकै चर्चित बनिरहेको छ । नेपालमै राम्रो सम्भावना हुँदा हुँदै किन उदीत नारायण भारत गए ? त्यसको उत्तर भने अहिलेसम्म कसैले पनि पाएका छैनन् । उदीत नारायणले गाएका ‘आज हाम्रो’, ‘बनमाराले’, ‘हिम नदी झैं’, ‘जिन्दगीको गोरेटोमा’, ‘कसले देला तिमीलाई’, ‘म सपनाको कुरा’, ‘माया नै माया छ’ लगायतका सयौं नेपाली गीतहरु अझै पनि कर्णप्रिय छन् । उदित नारायणले अहिलेसम्म ३४ भाषा २५ हजारभन्दा बढी गीत गाइसकेका छन् । अहिले उनी भोजपुरी गीतहरु बढी गाउने गर्छन । उनको प्रोडक्शन कम्पनी भोजपुरी र मैथिली फिल्महरु बनाउँदै आइरहेको छ । ‘कयामत से कयामत तक’ ले बलीउडमा उदित र आमिर यि दुईलाई नै स्थापित गराएको थियो । यो फिल्मको गीत निकै लोकप्रिय भएको थियो । उनले उक्त फिल्ममा ‘पापा कहते हैं बड़ा नाम करेगा’ बोलको गीत गाएका थिए । त्यसपछि उनले लगातार झण्डै एकदशक बलीउडमा एकछत्र राज गरे । उनले बलीउड फिल्ममा गाएका ‘तू चीज बड़ी है मस्त(मस्त’, ‘मेहंदी लगा के रखना’ लगायतका दर्जनौ हिट गीतहरु छन् ।
उदित नारायणको पहिलो विवाह रन्जना नारायणसँग भएको थियो तर उनीहरुको यो सम्बन्ध धेरै दिन टिक्न सकेन । त्यसपछि आफ्नो पहिलो पत्नीसँग सम्बन्ध विक्षेद गरेपछि उनले नेपाली गायिका दीपा नारायणसँग दोस्रो बिहे गरे । उनीहरुका एक छोरा पनि छन्, नाम हो आदित्य नारायण । आदित्य पनि एक हिन्दी सिनेमामा पार्श्व गायकको रुपमा काम गरिरहेका छन् ।
भनेका थिए ‘म नेपाली होइन’
उदीत नारायण केही बर्ष अगाडी एक बयानका कारण निकै विवादमा पनि तानिएका थिए । खबरका अनुसार उनले एउटा भारतीय पुरस्कार प्राप्तिका लागि आफू नेपाली नभएको बताएका थिए । आखिर के थियो यर्थाथ ? त्यो अहिलेसम्म बाहिर नआएपनि उनले भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार प्राप्त गर्नका लागि आफू बिहारमा जन्मेको बताएका त्यस बेला विभिन्न नेपाली सञ्चार माध्यमहरुले खबर प्रकाशन गरेका थिए । अहिले यो घट्ना विस्तारै सेलाउँदै गएको छ ।