बलीउडस्टार सलमान खानले हालै भारतको बिएमसीलाई मुम्बईको लागी पाँच वटा मोबाइल ट्वाइलेट दिने घोषणा गरेका छन्। उनले दान गरेका ती ट्वाइलेटलाई आवश्यक स्थानमा लगाइनेछ। यसका साथै उनले खुल्ला क्षेत्रलाई शौच मुक्त बनाउने अभियानमा पनि साथ दिने वचन दिएका छन्।
सलमानले यस्तो गर्नुमा उनको व्यक्तिगत कारण रहेको छ। सलमानले केही समय पहिले बिएमसीमा एउटा निवेदन दिएका थिए। सो निवेदनमा उनले आफ्नो बैंड स्ट्यान्ड स्थित घरअगाडीको मैदानमा केही व्यक्तिहरूले दिनैजसो विहान ट्वाइलेट गरेर वातावरण दुर्गन्धित हुने उल्लेख गरेका थिए।
मानिसहरूको सो क्रियाकपलापले हैरान भएका सलमानले निवेदन दिदैं त्यसमा रोक लगाउन आग्रह गरेका थिए। सो क्षेत्रमा पर्यटकहरू घुम्न समेत आउने भएकाले त्यस उनीहरूलाई असुविधा हुने गरेको छ। सलमानले महानगरका कमिश्नरसँग भेटेर खुल्ला शौच मुक्त अभिनयानको बारेमा विस्तृत जानकारी लिएर अभियानमा सहभागी हुने जनाएका छन्।