सिनेमाको पर्दामा जब स्टारहरु धमाकेदार स्टन्ट गर्दछन तब दर्शकहरु ताली बजाउनबाट थाक्दैनन् । तर के तपाईलाइ थाहा छ ? यस्तो डरलाग्दो स्टन्ट हाम्रा मनपर्ने नायक नायिकाले होइन उनीहरुका स्टन्टमेन वा ‘बडी डबल’ले गर्ने गर्छन् ।
सलमान खान, अक्षयकुमार, शाहरुख खान, ऋतिक रोशन समेत अन्य धेरै सेलिब्रेटीहरुले एक्सन दृश्यको लागि स्टन्टम्यानको सहायता लिन्छन् ।
यो फोटोमा सलमानखान आफ्नो स्टन्टम्यानको साथमा पोज दिइरहेका छन् । यो फोटो उनको सुपरहिट फिल्म‘सुल्तान’को सुटिङको बेला खिचिएको हो ।
ऐश्वर्या रायले पनि धेरै फिल्ममा बडि डबलको सहायता लिएकी छन् । बलिउडकी सबैभन्दा लोकप्रिय स्टन्ट वुमनमा एक सनोबर पादरीवाला पर्छिन् । उनले ऐश्वर्या राय, करिना कपूर, प्रियंका चोपडा, कट्रिना कैफ लगाएत धेरै नायिकाहरुको स्टन्टको दृश्य गरेकी छन् । उनले आफ्नो क्यारिअरको सुरुवात १२ वर्षको उमेरमा ऐश्वर्याको स्टन्ट डबलको रुपमा गरेकीथिइन । उनले ऐश्वर्याको फिल्म ‘धुम–२’ मा समेत खतरनाक स्टन्टहरु दिएकी छन् ।
फिल्म‘ब्याङ ब्याङ’को सुटिङमा ऋतिक रोशन र उनको डुप्लिकेट स्टन्टम्यान ।
फिल्म‘मेरी कोम’को सुटिङमा प्रियंका चोपडा र उनकी डुप्लिकेट स्टन्टम्यान ।
फिल्म‘फ्यान’को सुटिङमा दाँयातिर शाहरुख खान र बाँयातिर उनको डुप्लिकेट स्टन्टम्यान ।
फिल्म‘धुम–३’को सुटिङको समयमा आमिर खान र उनको डुप्लिकेट स्टन्टम्यान ।
स्टन्टम्यानको साथमा जोन अब्राहम ।
फिल्म‘बाजिराव मस्तानी’को सुटिङमा रणविर सिंह र उनका स्टन्टम्यान ।