हलीउड अभिनेत्री केटी होम्सले ब्वायफ्रेण्ड जेमी फक्ससँग आफ्नो सम्बन्धको खुलासा गर्दै अहिले नै विवाह नगरेको बताएकी छिन् । मीडियामा फक्ससँग गुपचुप तरिकाबाट विवाह गरेको खबर बाहिर आएपछि अभिनेत्री केटी होम्सले यस्तो बताएकी हुन ।
ई.आनलाइन पत्रिकाका अनुसार टिभी कार्यक्रम ‘डसन्स क्रीक’ मा उनलाई विवाहको विषयमा सोधिएको थियो र उनले आफुले अहिलेसम्म विवाह नगरेको र आफु सिंगल रहेको बताएकी थिइन ।
केटीले भनिनु, ‘होइन, मैले विवाह गरेकी छैन तर यो प्रश्न सोधेकोमा धन्यवाद छ ।’ केटी र फक्स एक बर्षदेखी सम्बन्धमा रहेका छन् । तर, अहिलेसम्म उनीहरुले आफ्नो सम्बन्धको विषयमा कुनै जानकारी दिएका छैनन ।