नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईमाथि एका बिहानै जुक्ता प्रहार भएको छ ।पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा विहीबार बिहान गरेको कार्यक्रममा भट्टराईबिरुद्ध कालो झण्डा देखाँउदै जुत्ता प्रहार भएको गरिएको हो ।पूर्व प्रधानमन्त्रीसमेत रहेका डा।भट्टराईलाई कैलाली नारायणपुरका २९ वर्षीय सञ्जीव भट्टराईले जुत्ता प्रहार गरेका हुन् । जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराई पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्र विषयका एम ए का विद्यार्थी हुन् ।-एस काठमाडौं