ग्ल्यामर क्षेत्रमा रमाउने मोडल सिमरन लुइँटेल मोडलिंगमा लागेको पनि ४ बर्ष बितिसकेको छ । यो अवधिमा उनले धेरै मोडलिंगको अनुभव बटुलिसकेकी छिन । म्यूजिक भिडियो, पेपर एड, रेम्प शोहरुमा आफुलाई प्रस्तुत गरिसकेकी उनी सबैभन्दा बढी रेम्प शोमा इन्जोय गर्छिन् । दर्शकहरु माझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकोले पनि उनलाई रेम्प शो मन परेको बताउछिन । ग्ल्यामर क्षेत्रलाई नै करियर बनाउने सोच राखेकी उनी मोडलिंग सँगसँगै फेशन डिजाइनिंग कोर्ष पनि गरिरहेकी छिन् । भविष्यमा चाडै नै आफ्नो ब्रान्डको बुटिक खोल्ने उनको योजना रहेको छ ।
मोडल स्रोत : दी रेम्प फेशन एव मोडलिंग एजेन्सी
मेकअप एव हेयर : सिर्जना कार्की
फेशन स्टाइलिस्ट : जयन सुब्बा मानन्धर
आउटफिट : सन्तोषी श्रेष्ठ
तस्बिर : कमल श्रेष्ठ