जनर : रोमान्टिक-ड्रामा
डायरेक्शन : आदित्य चोपड़ा
क्रिटिक रेटिंग : २.५/५
स्टारकास्ट : रणवीर सिंह र वाणी कपूर
डायरेक्टर र प्रोड्यूसर : आदित्य चोपडा
म्यूजिक : विशाल-शेखर
कथा
दिल्लीमा बस्ने धरम (रणवीर सिंह) एडवेन्चरको सम्बन्ध विक्षेदको शिलशिलामा पेरिस पुग्छन् । त्यही उनको मिलन शायरा गिल (वाणी कपूर) सँग हुन्छ । यि दुई एकअर्कासँग अनौठो बाचा गर्छन कि उनीहरु कहिले प्रेममा नपर्ने । तर, नचाहँदा नचाहँदै नै उनीहरु एकअर्कासँगको प्रेममा पर्छन । त्यसपछि यि दुईको मित्रता र रिलेशनशिपमा कति ट्विस्ट एण्ड टर्न्स आउँछ, त्यो हेर्न भने एकपटक हलमा नै जानु उत्तम होला । तर, आदित्य चोपडाको यो फिल्ममा खासै नयाँपन भने देखिन्न । यस्तो महशुस हुन्छ कि हलीउड फिल्म २ ४ वटाको कहानी मिलाएर उनले बेफिक्रे तयार पारेका हुन ।
अभिनय
बाजीराव मस्तानी, गोलियों की रासलीलास् रामलीला जस्ता फिल्महरुमा दमदार अभिनय गरिसकेका रणवीरले एकपटक फेरी यो सावित गरेका छन् कि उनी अभिनयमा कति परफेक्ट छन् । बेफिक्रेमा रणवीरको डेब्यू फिल्म बैण्ड बाजा बारातको झलक पनि देख्न पाइन्छ । त्यो फिल्ममा रणवीर अनुष्कालाई प्रेम प्रस्ताव राख्नबाट बचेका थिए । बेफिकेमा पनि केही यस्तो नै देख्न सकिन्छ । तर, रणवीर आफ्नो रोलमा परफेक्ट देखिएपनि वाणीको विषयमा भने यो भन्न सकिन्न । सर्जरीपछि उनको लुक विग्रिएको छ, जुन स्क्रीनमा पनि स्पष्ट देखिन्छ ।
निर्देशन
आदित्य चोपडाको डायरेक्शनमा तयार भएको यो चौथो फिल्म हो । बेफिक्रेभन्दा पहिला उनले दिलवाले दुल्हनिया ले जाएंगे, मोहब्बतें, रब ने बना दी जोडी निर्देशन गरिसकेका छन् । उनका यि तीन फिल्महरु फेमिली अडियन्सलाई ध्यानमा राखेर तयार पारिएको थियो । तर, बेफिक्रे भने नयाँ पूस्ताका दर्शकहरुलाई फोकस गरेर तयार पारिएको छ । फिल्ममा २३ किसिंग सीन्स छ, जुन फेमिलीको साथ देख्न सकिन्न । फिल्मको पूरा छायाँकन पेरिसमा गरिएको हो । त्यहाँको शानदार लोकेशन्सलाई आदित्य चोपडाले फ्रेममा निकै सुन्दर तरिकाबाट देखाएका छन् ।
संगीत
नशे दी चढ़ गई… र उड़े दिल बेफिक्रे…यि गीत रिलिजभन्दा अगाडी नै चर्चामा थिए । फिल्मका दुई गीतमा म्यूजिक विशाल(शेखरले दिएका हुन, जुन निकै शानदार देखिन्छ ।
हेर्ने कि नहेर्ने
यूवापुस्ताका दर्शकहरुलाई यो फिल्म मन पर्न सक्छ, तर फेमिली अडियन्सका लागि बेफिक्रेले निराश बनाउनेछ ।