झण्डै तीन दशकदेखी नेपाली चलचित्रक्षेत्रमा क्रियाशिल नायक भुवन केसी बेला बखतमा यूवतीहरुसँगको रिलेशनसिपका कारण चर्चा र विवादमा आइरहेका हुन्छन् । केही बर्षदेखी नेपाली चलचित्रमा नदेखिएका नायक भुवन केसीले गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ड्रीम्सलाई पहिलो पटक निर्देशन गरेका थिए । कान्छी श्रीमती सुस्मिता केसीको कोखबाट जन्मिएका नायक अनमोल केसीसँग काठमाडौंमा बस्दै आएका भुवन केसी आफु कहिले पनि नेपाल छोडेर पलायन नहुने बताएका छन् । सिनेखबर डटकमसँगको कुराकानीको क्रममा उनले आफ्नो सात जन्म पनि नेपालमा होस् भन्ने कामना गरेको बताएका छन् ।
हेर्नुस् भुवन केसीसँग ‘सिनेखबर डटकम’ ले गरेको कुराकानी :-