बलीउडमा प्रवेश गरेको छोटो समयमा नै बलीउडस्टार वरुण धवनले राम्रै सफलताको स्वाद चाखें । चकलेटी हिरो वरुणलाई लभस्टोरीदेखी एक्शन चलचित्रमा दर्शकहरुले मनपराउँदै गएपछि अहिले वरुण धवनको चर्चा बलीउडमा व्यापक छ । उनी वरुण धवनसँग ‘आजतक’ ले लिएको अन्तर्वार्ता :
१. तपाई पहिलो पटक आफ्नो भाईसँग काम गर्नु भयो ?
हो । जब चलचित्र ‘ढिशूम’ को स्क्रिप्ट मेरो भाईले लेखिरहेको थिए तब ऊ मलाई भेट्न आएको थिएन । जब उसले चलचित्रको स्क्रिप्ट सकायो ऊ सँग जुनैद अन्सारीको एक भुमिका थियो जो एक लापर्वाही पुलिस हुन्छ । उसलाई अनौठा अनौठाका केस दिइन्छ तर त्यसबेला इण्डियामा कबीर (जोन) आउँछन् । ऊ सँग एक अण्डर कवर केस हुन्छ, जसमा ३६ घण्टामा हामीले टप क्रिकेटरलाई खोज्नु पर्ने हुन्छ । यस मिशनमा कबीर र जुनैद जान्छन् ।
२. जुनैदलाई लिएर के तयारी छ ?
मैले अरबी भाषा पनि सिकेको छु । फिल्ममा जोनलाई पनि मैले कहिले काहिँ अरबी भाषमा गाली पनि दिएको छु । मैले पुलिस अफिसरको पनि तालिम लिएको छु । मेरो कपडा र जुत्ता चलचित्रमा फरक छ । बन्दूक राख्ने स्टाइल पनि मेरो फरक छ ।
३. एक्शन कति गाह्रो थियो ?
बच्चा देखी नै मलाई एक्शन गर्ने खुबै सौख थियो । चलचित्र ढिशूममा पनि धेरै एक्शन दृश्यहरु छन्, जुन मेरो लागि निकै मुश्किल थियो । एक सिनको दौडानमा मलाई थोरै चोट पनि लागेको थियो, तर त्यस्ता चोटपटक छायाँकनको बेला हुने नै गर्छ । मैले स्टन्ट दोहोर्याएर पनि लिएको थिएन किनकी मेरो काँधको स्टन्ट डबल थिएन । जोनको स्टन्टमा डबल परफेक्ट मिलेको थियो ।
४. आफ्नो पिता डेविड धवन र भाई रोहित धवनको साथ काम गरिसक्नु भएको छ । दुईमा के कुरा फरक छ ?
दुई विल्कुलै अलग छन् । मेरो पिता निकै अनुभवी हुनुहुन्छ । तर रोहितले दोस्रो फिल्मबाट नै राम्रो एक्सपेरिमेन्ट गरिसकेको छ । जब म अरु प्रोडक्शन हाउसमा काम गर्छु तब मलाई सबैले साथ दिन्छन् । पिता भन्दा मेरो भाई स्ट्रिक्ट छ । तर काम गर्न दुवैसँग मज्जा आउँछ ।
५. के जुनैद तपाईको रियल जिन्दगीको आसपासमा छ ?
अहँ म असल जिन्दगीमा जुनैद जस्तो छैन । तर एक फन्नी भुमिका छ जुन सायद मसँग मिल्न सक्छ ।
६. बदलापुरमा तपाईले फरक भुमिका निर्वाह गर्नुभएको छ ?
हो । मेरो सधै खोजी रहन्छ कि म यस्तो भुमिका निर्वाह गरुँ । त्यसैले पनि म अलग अलग तरिकाको फिल्म गर्ने गर्छु । म आफ्नो आवाजमा पनि धेरै काम गरिरहेको छु । हालैमा मैले एक बलीउड चलचित्रको डबिंग गरेको थिए । त्यस दौडान मैले धेरै कुरा सिक्ने मौका पाएको थिए, आवाजको मोड्यूलेट गर्न ।
७. आफ्नो करियर कस्तो देख्नु हुन्छ ?
अहिले त धेरै कुरा सिकेको छैन र हासिल पनि त्यस्तो केही गरेको छैन । मैले जिन्दगीलाई धेरै माथीबाट हेरेको छु, जहाँ पुग्न मलाई अझै समय लाग्छ । जब मिडियाको सपोर्ट हुन्छ त्यो मान्छे स्टार बन्छ तर मलाई दर्शकहरुको स्टार बन्नु छ ।
८. तपाईलाई के लाग्छ, एक्टर्सको संवेदनशील मुद्धामा अभिव्यक्ति दिनु सही हुन्छ ?
मेरो हिसाबमा एक्टर्सको संवेदनशील मुद्धामा कुरा नगर्नु नै राम्रो हुन्छ । हरेक कुराहरु गलत तरिकाले लिने गरिन्छ । हामीले मात्र अभिनयको काम गर्नु पर्छ ।
९. बलीउडका चर्चित स्टारहरुसँग सेकेण्ड लिड रोलमा काम गरिरहनु भएको छ । डर लाग्दैन ?
अहँ विल्कुलै लाग्दैन । किनकी मलाई मेरो भुमिकामा पूर्ण भरोसा हुन्छ । ढिशूम पनि मेरो र जोन बिना अधुरो छ ।
१०. तपाईको आगामी फिल्म हुन हो ?
अहिले जुडन्वा २ को स्क्रिप्टिंग चलिरहेको छ । बद्रीनाथ की दुहनियाको पनि ३० प्रतिशत पुरा भएको छ । सेप्टेम्बरबाट यसको छायाँकन सुरु हुँदैछ ।
(नेपाली सम्पादन : ‘सिनेखबर डटकम’ का सम्पादक मनिष अन्जान)