मोडल ममता खड्काले ४ बर्षको मोडलिंग यात्रामा २ दर्जन र्याम्प शो, टिभी कमर्शियल, प्रोडक्ट लञ्चिंग, पेपर एडमा मोडलको रुपमा राम्रै अनुभव बटुलिसकेका छन् । आफ्नो पढाई पुरा गरि उनले बैंकको जागिर पनि खाइन् । सँगसँगै मोडलिंगलाई पनि निरन्तरता दिइन् । आफुले गरेको काममा भोल्टा बेट्रीको पेपरएड बढी मन परेको बताउने उनी समय पाउनासाथ र्याम्पमा क्याटवाक गर्न प्रस्तुत हुन्छिन्भ । भविष्यमा ग्ल्यामर क्षेत्रमा नै रमाउने ममताको लक्ष्य एयरहोस्टेस बन्नु हो । हाल उनी यसकै तयारीमा लागिपरेकी छिन् ।
मोडल स्रोत : दी रेम्प फेशन एव मोडलिंग एजेन्सी
मेकअप एव हेयर : सिर्जना कार्की
फेशन स्टाइलिस्ट : जयन सुब्बा मानन्धर
आउटफिट : सन्तोषी श्रेष्ठ
तस्बिर : कमल श्रेष्ठ