हलीउडस्टार ब्राण्ड पिट आफ्नो निजी जीवनमा भइरहेको समस्यालाई निराकरण गर्नका लागि आफ्नो अनुहारको एक्सट्रीम प्लास्टिक सर्जरी गर्ने भएकाछन् । मीडिया रिपोर्टका अनुसार सम्बन्ध विक्षेद र बच्चाको कस्टडीको लागि एन्जेलिना जोलीसँग भइरहेको कानुनी लडाइँ लड्न उनले यस्तो गर्न लागेका हुन । उनले डिप्रेशन र रुटीन लाइफबाट बाहिर निस्कनका लागि यो नै तरिका उचित ठानेका छन् । केही हप्ता अगाडी मात्र ब्राण्ड पत्नी एन्जेलिना जोलीसँग अलग भएका थिए । अब उनी आफ्नो ६ बच्चाको कस्टडीका लागि कानुनी लडाइँ लडिरहेका छन् । जानकारीका अनुसार, ब्राण्डका नजिकका व्यक्तिहरुले उनलाई यो सर्जरी गर्नबाट रोक्न खोजिरहेका छन् ।