चलचित्रको किसिम : स्पोर्ट्स ड्रामा
निर्देशक : निकेश तिवारी
सारंसमा : यो कहानी एउटा पिता र उनले देखेको एउटा सपनाको हो । छोराले पूरा गर्ने सोच बनाएको त्यो सपना छोरा नुहँदा अन्तत छोरीहरुले पूरा गर्छन ।
क्रिटिक रेटिंग : ४/५
स्टार कास्ट : आमिर खान, फातिमा सना शेख, सान्या मल्होत्रा, साक्षी तंवर, जायरा वसीम, सुहानी भटनागर
डायरेक्टर : नितेश तिवारी
प्रोड्यूसर : आमिर खान, यूटीवी, किरण राव
संगीत : प्रीतम
जनर : स्पोर्ट्स ड्रामा
चलचित्र ‘पिके’ प्रदर्शन भएको २ बर्षपछि आमिर खानले स्पोर्ट्स ड्रामा बेस्ड बायोपिक चलचित्र ‘दंगल’ लिएर गत शुक्रबार हलहरुमा आएका छन् । जसलाई भुतनाथ रिर्टन्स र चिल्लर पार्टी जस्ता चलचित्र निर्देशन गरिसकेका नितेश तिवारीले निर्देशन गरेका हुन । आउनुहोस् जानौं कस्तो छ यो चलचित्र :
कथा
यो कथा कस्ती खेलाडी महावीर फोगाट (आमिर खान) को हो, जसको सपना थियो कि कुस्तीमा आफ्नो देशका लागि गोल्ड मेडल जितुँ । तर, उनको त्यो सपना पूरा हुन सक्दैन । त्यसैले अब महावीरको एउटा मात्र चाहना हुन्छ कि उनको त्यो सपना छोराले पूरा गरोस् । महावीर र उनकी पत्नी सोभा कौर (साक्षी तंवर) को छोरा पाउने इच्छा हुँदा हुँदै त्यो इच्छा पूरा हुन सक्दैन । छोराको आशामा घरमा एकपछि अर्को गरि ४ वटी छोरी जन्मन्छन् । समय वित्दै जान्छ र एकदिन एउटा यस्तो घट्ना घट्छ जुन घट्नाले महावीरमा आसाको किरण जगाइदिन्छ । घट्ना यो हुन्छ कि उनकी छोरीहरुलाई गाउँका केही केटाहरुले जुस्काइदिन्छन् फलस्वरुप त्यसको प्रतिकार गर्दै उनकी दुई छोरी गीता र बबिताले तिनीहरुको रामधुलाई गर्छन । जब यो कुरा आमिरले थाहा पाउँछन् उनी रिसाउनुको सट्टा धेरै खुसी हुन्छन् कारण यो थियो कि आफु कुस्ती खेलाडी रहँदा आफ्नो देशको लागि स्वर्ण पदक जित्न नसकेका उनले छोराबाट त्यो पूरा गराउने इच्छा राखेका हुन्थे । तर, छोरा पाउने आशमा ४ वटी छोरी भएपछि उनले यो सपना त्यागेका थिए तर अचानक छोरीहरुले गाउँका केटाहरुलाई कुटेको खबर थाहा पाएपछि उनको दिमागमा बल्ल यो कुराको ज्ञान हुन्छ कि उद्येश्य स्वर्ण पदक जित्नु हो चाहे त्यो छोराले पूरा गरोस् वा छोरीले । तसर्थ महावीर आमिर खान आफ्नो दुवै छोरीलाई कुस्तीको तालिम दिन सुरु गर्छन । र, कडा, मेहेनत र परिश्रमपछि महावीर फोगाट (आमिर खान) ले देखेको सपना अन्तत छोरीहरुले देशका लागि स्वर्ण पदक जित्दै पूरा गरिदिन्छन् ।
निर्देशन
चलचित्रको निर्देशकीय पक्ष एकदमै उत्कृष्ट छ । चलचित्रमा रियल लोकेशन देख्न सकिन्छ । निर्देशनको हिसाबले नितेश तिवारीको यो एउटा निकै नै ठूलो चलचित्र हो, जसमा उनले गज्जबको डायरेक्शन गरेका छन् । चलचित्रको शुटिंगमा एक्शनकट भन्नु सामान्य कुरा भएतापनि चलचित्रको कथालाई पर्दामा उतार्दै दर्शकमा जोश र भावना पैदा गरिदिनु नितेशको सफलता भन्न सकिन्छ । निर्देशनको साथ-साथ चलचित्रका पात्रहरुपनि सही चयन भएका छन्, जसको प्रस्तुती पनि अब्बल देखिन्छ । चलचित्रले तपाईलाई भावुक बनाउन सक्छ र प्रेरणापनि दिनेछ ।
कलाकारको अभिनय
आमिर खानको यस चलचित्रमा उनले गरेको अभिनय उनका पछिल्ला चलचित्रहरुभन्दा पृथक छन् । र, उनले यस चलचित्रमा गरेको अभिनयले तपाईको मन छुन सक्छ । चलचित्रमा प्रस्तुत भएका हर एक पात्रले गज्जबको अभिनय गरेका छन् । आमाको रुपमा साक्षी तिवारी, सानो छँदा गीता/बबिताको रोलमा अभिनय गर्ने जायरा र सुहानी र ठूलो हुँदा गीता र बबिताको अभिनय गर्ने फातिमा र सान्या मल्होत्राको अभिनय बेजोड छ । आमिर खानको भतिजाको रुपमा अभिनय गर्ने अपारशक्ति खुरानाले पनि चलचित्रमा राम्रो काम गरेका छन् ।
संगीत
चलचित्रमा प्रस्तुत भएका हरेक गीतहरु यस किसिमले छायाँकन गरिएको छ कि त्यसले चलचित्रको कथावस्तुलाई सार्थक तुल्याइदिएको छ । जसले चलचित्रमा गीतहरु आउँदा कहिले आए र कहिले गए पत्तै पाउन सकिन्न । हरेक गीतहरु चलचित्रको कथाको हिस्सा हुन् र चलचित्रका हरेक प्रशंगमा सान्दर्भिक पनि छन् ।
हेर्ने कि नहेर्ने
आमिर खान र अन्य कलाकारहरुको उत्कृष्ट अभिनय क्षमताको अवलोकन गर्न यो चलचित्र स-परिवार हेर्नु उचित छ । र, प्रेरणादायी पनि छ ।