गायिका रेखा शाहको स्वरमा गीत ‘तिमी बिना…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई गायिका शाहले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सार्बजनिक गरेकी हुन । मुम्बईको एसराज स्टडियोमा एरेञ्ज तथा रेकर्ड गरिएको उक्त गीतमा कमल खत्रीको संगीत छ भने गीतका शब्दहरु गीतकार भूपेन्द्र खड्काले रचना गरेका हुन । सार्वजनिक गरिएको भिडियोको निर्देश्ँन नितिनकुमार चन्दले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीसंगै गायिका रेखा शाह आफैले अभिनय गरेकी छिन् । सार्वजनिक तिमी बिनामा रेखासंगै गौरव डोगाउँकरको स्वर पनि सुन्न पाइन्छ । डोगाउँकर बलिउडका प्रसिद्ध गायक तथा संगीतकार हुन् ।