दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्रँचार्य दुई नयाँ गीतका म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा गायक बज्राचार्यको स्वरका दुई गीत ‘अल्लारे…’ तथा ‘सानी…’ गीतका म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यी दुई मध्ये अल्लारे…गीतको म्युजिक भिडियो आजैदेखि यूट्युबमा समेत उपलब्ध छ ।
अल्लारे…को निर्देशन सञ्चारकर्मी सुव्रत आचार्यले गरेका हुन् भने सानी…लाई निकेश खड्काले निर्देशन गरेका छन् । गायक बज्रँचार्य तथा उनको सांगीतिक समुह रिदमले संगीतबद्ध गरेका यी गीतका शब्दहरु रिक्की शाक्यले रचना गरेका हुन् । दुबै गीतमा गायक बज्रँचार्यको संगीत संयोजन छ ।
नेपाली पप गायन तथा संगीतिकको क्षेत्रमा गायक दीपक ब्रज्राचार्य स्थापित नाम हो । विगत देखि नै कर्णप्रिय पप गीत—संगीतमार्फत स्रँेताको मन जित्दै आएका गायक बज्रँचार्य झन्डै २ दशकभन्दा लामो समयदेखि यो क्षेत्रमा सक्रिय छन् ।