५ फिट ७ इन्चकी अनिता लिम्बु लण्डनको मोडलिंग दुनियाँमा नौलो नाम होइन । नेपाली भए पनि उनी बिदेशी मोडलहरुसँग र्याम्पमा दाँजेर हिँडछिन् । धेरैजसो उनी लण्डनमा ठुला ठुला फेशन शोहरुमा सहभागी भएकै हुन्छिन् । त्यसबापत पारिश्रमिक पनि राम्रै पाएको बताउने अनिताले हालसम्म रुल रनवे फेशन शो, अक्सफोर्ड फेशनवीकमा १० सेसनको रनवे मोडल, माइवे नामक (अफ्रिकन गायक) को म्युजिक भिडियो, स्क्व्विश हाउस कलेक्सन, पश्मिना बुटिक लगायत अन्य धेरै फेशन फोटोग्राफीहरुमा मोडलको रुपमा काम गरिसकेकी छन् । त्यसका साथै उनीसँग ब्युटी पेजेन्टको पनि राम्रै अनुभव छ । ‘मिस स्पकिलंग ब्युटी स्वीडेन २०१६’, ‘मिस स्पलाकिंग ब्युटी यु.के. फर्स्ट रनर अप’,’मिस टेलेन्ट एव मिस चेरेटिओ’ उपाधिहरु पनि हात परिसकेकी उनी हाल एक महिनाको लागि नेपाल आएकी छन् । यो एक महिना पनि उनले नेपालमा रनवे मोडलको रुपमा जम्ने सोच बनाएकी छिन् । त्यसै अनुरुप अहिले उनी फेशन शोमा ब्यस्त छिन् ।