हलीउड एक्टर जर्ज क्लूनी र अमाल क्लूनीको विवाह भएको दुई बर्ष पूरा भएको छ । खबरका अनुसार, यो जोडी डिभोर्स लिने तयारीमा रहेका छन् । खासमा अमाल प्रेग्नेन्ट (twins) छिन् र उनी बच्चा चाहन्छिन् तर जर्ज अहिले नै पिताको जिम्मेवारी सम्हाल्न तयार छैनन् । यसै कारण अहिले उनीहरुको सम्बन्धमा दरार उत्पन्न भएको छ र उनीहरुले सम्बन्ध विक्षेद गर्ने सम्भावना बढेको छ । तर, अहिलेसम्म यो खबरहरुको विषयमा जर्ज र अमलले कुनै पनि कमेन्ट गरेका छैनन् ।
साल २०१४ मा जर्ज र अमाललाई लिएर एक खबर आएको थियो कि यो कपल एक अनाथ बच्चालाई एडप्ट गर्न चाहन्छन् । तर, क्लूनीका प्रतिनिधिले यो कुरा गलत रहेको भन्दै खण्डन गरेका थिए ।
जर्जले गरेका हुन् अमालसँग दोस्रो बिहे
अमाल जर्जकी दोस्रो श्रीमती हुन । यसभन्दा पहिला जर्जले एक्ट्रेस तालिया बाल्सामसँग विवाह गरेका थिए । तर, विवाह भएको ५ बर्षमा नै उनीहरुको सम्बन्धमा पूर्णविराम लागेको थियो । त्यसपछि २०१४ मा जर्जले अमालसँग दोस्रो विवाह गरेका थिए ।