बलीउड अभिनेता अनिल कपुर छोरी सोनम कपुरको लागि अनुशासनको मामिलामा कडा रुपमा प्रस्तुत हुन्छन् । यसको उदाहरण हालसालै एक अवार्ड समारोहमा देखियो । अवार्ड समारोहमा अनिल र सोनम दुवै उपस्थित थिए । उक्त अवार्ड कार्यक्रममा निरजाको डाइरेक्टर राम माधवानी र पिंकका अनिरुद्र रोय चौधरीलाई बेस्ट फिल्ममेकर २०१६ को अवार्डबाट सम्मानित गरिएको थियो । अनिल आफ्ना भाइ निर्माता बोनी कपुरको साथमा यी दुई डाइरेक्टरलाई अवार्ड दिँदै थिए तब उनले निरजा फिल्मको पुरै टिमलाई मञ्चमा बोलाए । यत्तिकैमा सोनम आइनन् ।
उनी स्टेज पछाडी आफ्नो साथीहरुसँग गफ गरिरहेकी थिइन् । अनिलले मञ्चमा धेरै चोटी उनको नाम बोलाए तर उनले सुनेको नसुनेझैँ गरिरहिन । त्यसपछि अनिलले रिसाएर माइकमा सबैको अगाडी भने, ‘सोनम आफ्नो बाबुबाट केही सिक ।’ यसपछि मात्रै सोनमले अनिल तर्फ ध्यान दिइन र हतारहतार मञ्चमा पुगिन् । तर, उनी त्यहाँ धेरै बेर बसिनन् । डाइरेक्टरले अवार्ड लिनसाथ उनी त्यहाँबाट निस्किइन् । सोनमले राम माधवनीको स्पिच पनि सुनिनन् । सोनमलाई निरजा फिल्ममा गरेको अभिनय बाट धेरै प्रशंसा मिलेको थियो ।