अहिले नेपाली सिनेवृतमा एउटै चलचित्रको चर्चा छ त्यो चलचित्र ‘लुट २’ । २०६९ सालमा प्रदर्शनमा भएको बल्कबस्टर चलचित्र ‘लुट’ को दोस्रो भागको टीजर र ‘ठमेल बजार’ बोलको आइटम गीतले जसरी नेपाली बजारमा तहल्का मच्चाइरहेको थियो अहिले त्यो भन्दा आक्रामक बन्दैछ ‘लुट २’ को ट्रेलर । बिहिबार साँझ ५ बजे सार्वजनिक गरिएको चलचित्र ‘लुट २’ को ट्रेलर रिलिज भएको २४ घण्टा वित्दा किर्तिमानी नै राखेको छ । अहिलेसम्म नेपालका कुनै चलचित्रको ट्रेलर २४ घण्टामा १ लाख भन्दा बढी हेरिएको छैन तर ‘लुट २’ को ट्रेलर भने २४ घण्टा नवित्दै युट्युवमा साढे ३ लाख भन्दा बढी पटक हेरिसकिएको छ । हामीले यो समाचार तयार पार्दासम्म चलचित्र ‘लुट २’ को ट्रेलर हेर्नेको संख्या ३ लाख ७ हजार २ सय ४५ पुगिसकेको छ भने नेपालको युट्युव ट्रेन्डिङमा पनि पहिलो नम्वरमा छ । निर्माण अगावैदेखी निकै चर्चामा रहेको ‘लुट २’ ट्रेलरले नै चलचित्रलाई प्रतिक्षित बनाईदिएको छ । ट्रेलर हेर्दा यो अनुमान लगाउन सकिन्छ कि बैंक लुटेर फरार रहेका हाकु कालेलाई समात्नका लागि नायक कर्माले मास्टर प्लान बनाएका छन् । त्यो प्लानमा कर्मालाई नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले साथ दिएका छन् ।
सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ ले पछिल्लो समय जनताहरु मारमा परेको भूकम्प, नाकाबन्दी, अपराधका घटनाहरुलाई पनि चलचित्रले पर्दाफास गर्नेछ ।