दिपेश राइको जन्मथलो खोटाङ्ग भएपनि केही गर्छु भन्ने भावनाले कर्मथलो उनले राजधानीलाई रोजे । गायन एवं मोडलिंग उनको पहिलो रुची हो भने त्यसपछि कलाकारिता । त्यसै अनुरुप उनले गायन, मोडलिंग, अभिनय र नृत्य सम्बन्धि ब्यवसायिक तालिम लिईसकेका छन् । उनले उच्च शिक्षा पनि राजधानीबाट नै पुरा गरेका हुन् । बिभिन्न पत्रपत्रिकामा फेशन फोटोग्राफी, १५ वटा रेम्प शो, म्युजिक भिडियोमा मोडलको रुपमा अनुभव बटुल्नका उनले २ दर्जन बढी कार्यक्रमहरुमा आफुलाई गायकको रुपमा पनि प्रस्तुत गरिसकेका छन् । उनले आफनै सगीतमा गीतहरु पनि रेकर्ड गराईसकेका छन् । कलाकारको रुपमा उनले सानै भूमिका भएपनि दर्पण छायाँ २ मा अभिनय गरेका छन् । मोडलिंग, कलाकारितासँगसँगै भविष्यमा सफल गायक बन्नु उनको जीवनको लक्ष्य हो र अहिले उनी त्यसैका लागि कसरत गरिरहेका छन् ।
मोडल स्रोत : दी रेम्प फेशन एण्ड मोडलिंग एजेन्सी,अनामनगर
मेकअप एव हेयर : सिर्जना कार्की
फेशन स्टाइलिस्ट : जयन सुब्बा मानन्धर
तस्बिर : कमल श्रेष्ठ