क्रिसमस र न्यू ईयरपछि हलिउडमा टिभी स्टार किम कार्दसियनबारे नयाँ कुरा चर्चा हुन थालेका छ । यो नयाँ चर्चा हो, उनले आफ्नो नाकको कस्मेटिक सर्जरी गराएकी छिन् । वेबसाइट ‘मिरर डटकम डट युके’ का अनुसार किमले यो स्न्यापच्याटमा राखेको भिडियोबाट थाहा भएको हो । त्यसपछि हलिउडका पत्रिकाले यसबारे सोधखोज सुरु गरे । नभन्दै उनले नाकको सर्जरी गराएकी रहिछिन् । यसको पुष्टिचाहिँ कस्मेटिक सर्जनले गरे ।