भदौ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको कमेडी चलचित्र ‘छक्का पन्जा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा वेरोजगार यूवाहरुको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । ट्रेलरमा प्रेम, द्धन्द्ध, पिडा लगायतको पक्षलाई उठाएको देख्न सकिन्छ । पहिलो पटक निर्देशनमा उत्रिएकी हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दीपकराज, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । दीपकराज गिरी, निर्मल शर्मा र दीपाश्री निरौलेले संयूक्त रुपमा निर्माण गरेको यो चलचित्रको प्रचार प्रसार पनि आरम्भ गरिसकिएको छ ।
आइतबारबाट दीपकराज गिरी र दीपाश्री निरौलाले पूर्वका विभिन्न ठाँउहरुबाट चलचित्रको प्रचार सुरु गरेका छन् । सोलो रिलिजमा उत्रिन लागेको चलचित्र छक्का पन्जालाई वडा नम्बर ६ र ६ एकान ६ निर्माण गरेको टिमले तयार पारेको हो । अहिले चलचत्रमा समाबेश ‘पूर्व पश्चिम रेल’ बोलको गीतले राम्रो चर्चा पाइरहेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा ‘वडा नम्बर ६’ का निर्देशक उज्वल घिमिरे र ‘६ एकान ६’ का निर्देशक दिनेश डिसीलाई पनि सम्मान पत्र प्रदान गरिएको छ । दुई निर्देशकलाई चलचित्र निर्देशन गरेर सफल बनाइदिएकोमा सम्मान गरिएको थियो ।