कुनै समय नेपाली मुलकी बलीउड अभिनेत्री मनिषा कोइरालाले भारतीय चलचित्रमा एकछत्र राज गरेकी थिइन । बलीउडस्टार सलमान खानदेखी आमिर खानसम्म स्क्रिन शेयर गरिसकेकी मनिषाको फिल्मी करियर अहिले सोचे जस्तो छैन । निकै बर्ष अगाडी एउटा खबर पनि खुबै भाइरल भएको थियो कि जब आफ्नो फिल्मी करियर ओरालो लाग्न थाल्यो तब उनले कुलत बाटो समेत रोजेकी थिइन । कयौं पटक भारतीय चलचित्रकर्मीहरुले मनिषालाई मदिराको नशामा आफुले आफैंलाई सम्हाल्न नसक्ने अबस्थामा समेत भेटेको थिए । तर, कुलतबाट भने मनिषा विस्तारै बाहिर निस्किइन ।
मदिरा सेवनबाट छुटकारा पाएको केही बर्ष नवित्दै उनलाई पाठेघरको क्यान्सर भयो । भाग्यमानी मनिषाले क्यान्सर जस्तो रोगलाई पनि जितेर नयाँ जीवन पाइन् । लामो समयपछि ठूलो पर्दामा कमब्याक गर्न लागेकी मनिषाको ‘मौली’ नामक बलीउड चलचित्र चाँडै प्रदर्शनमा आउँदैछ । उनले यो चलचित्रमा बिहारी मुस्लिम महिलाको भूमिका निर्वाहा गरेकी छिन् । केही हप्ता अगाडी मात्र एक भारतीय अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा उनले फेरी विवाह गर्ने चाहना व्यक्त गरेकी थिइन् । उनले भनेकी थिइन, ‘को विवाह गर्न चाहदैन ? सुरुवातमा यो राम्रो हो, तर पछि यसलाई तपाई सम्झन नै सक्नुहुन्न । यदि, मलाई कोही राम्रो मानिस मिलेको खण्डमा म यो बिषयमा जरुर विचार गर्नेछु ।’ मनीषाले सन् २०१० मा नेपालका व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन तर केही महिना पछि नै उनीहरुले सम्बन्ध विक्षेद भएको थियो । पछिल्लो पटक देशी तथा विदेशी साधुहरुसँग देखिदै आएकी मनिषाको निधारमा अहिले प्राय पहेलो टिका देख्न सकिन्छ । गएको बर्ष मात्र मनिषा कोइराला बडनगर रोडमा रहेको जुना अखडामा महामंडलेश्वर पायलट बाबाको क्याम्पमा थिइन् । उनले त्यहाँ क्षिप्रा स्नानदेखी जप–तप र योगा गर्ने काम गरेकी थिइन् । एकपटक फेरि मनिषा बाबा पायलटको क्याम्पमा देखिएकी छिन् । पायलट बाबाले नीमचमा महारुद्र महायज्ञ गर्दैछन् । हामीलाई प्राप्त भएको एक तस्बिरमा मनिषाले निधारमा पहेलो टिका र घाँटीमा रुद्राक्ष माला लगाएकी छिन् भने देशी तथा विदेशी महिला साधुहरु उनीहरु देखिएका छन् । यही क्रममा मनिषाले सबैलाई चकित बनाउने एक बयान समेत दिएकी छिन् । उनले एक भारतीय अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा बलीउड चलचित्रबाट सन्यास लिन चाहिरहेको बताएकी छिन् । मनिषाले भनेकी छिन्,‘ग्ल्यामर संसारदेखी टाढा रहेर केही धर्म र अध्यात्मसँग जोडिएर शान्त वातावरणमा रमाउन चाहन्छु । मनिषाले अगाडी थप्दै भनिन्,‘म बलीउड चलचित्रबाट सन्यास पनि लिनसक्छु ।’